शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अस्पताल सेवालाई सहज बनाउनुपर्छः मन्त्री थापा

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • भीमदत्तनगर । स्वास्थ्य मन्त्री गगन थापाले आज कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको निरीक्षण गरी त्यहाँको बस्तुस्थितिवारे जानकारी लिएका छन् ।

    निरीक्षणपछि अस्पताल प्रशासनद्वारा आयोजित कार्यक्रममा मन्त्री थापाले भने – अस्पताल सेवालाई अझ सहज र जनमैत्री बनाउनु पर्दछ ।

    ‘कुनै पनि कोणबाट यो अस्पताल अञ्चल अस्पताल जस्तो देखिएको छैन, त्यसैले यहाँका सेवादेखि हरेक क्षेत्र वा गतिविधीमा सुधारको खाँचो छ’ उनले भने– यो अस्पतालको विकास, विस्तार तथा सुधारका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको छ ।

    मन्त्री थापाले सरकारको एक्लो प्रयासवाट मात्र अस्पतालको गुणात्मक सुधार हुन नसक्ने भएकाले यस कार्यमा स्थानीयस्तरबाट पनि सक्रिय सहयोग हुनुपर्ने आवश्कता औल्याउँदै अस्पतालमा देखिएको जनशक्ति अभावलाई हटाउनेतर्फ सरकार लागिपरेको बताए ।
    स्वास्थ्य क्षेत्रका जनशक्ति पदपूर्ति गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको बताउँदै उनले केही समयमै पदपूर्ति गरिने विश्वास व्यक्त गरे ।
    अस्पतालका सुपरिटेन्डेन्ट डा शालिग्राम तिवारीले जनशक्ति अभाव लगायत मन्त्रालयबाट प्राप्त हुने बजेट घट्दो गतिमा रहेकाले अस्पताल विकासमा समस्या देखिएकोप्रति मन्त्री थापाको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij