प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
काठमाडौ । सगरमाथा पोल्युसन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापन कार्यक्रम सुरु गरेको छ । तारा एयरले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (ब्यवसायिक सामाजिक उत्तरदायित्व) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।
एसपीसीसीले बार्षिकरुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो । तर, हाल एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गरेको छ ।
संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ । तार एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा ब्यवस्थापन गर्न निःशुल्क सहयोग उपलब्ध गराउने बताएको छ ।
कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको ब्यस्था मिलाइएको छ ।
पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरण्ीाय असरलाई न्यूनिकरणमा टेवा पु¥याउने सोचका साथ तारा एयरले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको हो ।
सन् २००८को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित एनजीओ (गैह्र सरकारी संस्था), द हिमालयन क्लब ,लुक्लासँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij