शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मन्त्री श्रीपाईली पुगे ज्यान बचाउने आमाको घर

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • धनगढी । कैलालीको पहलमानपुर वडा नम्बर ८, बनबर्षा गाउ“को एक सामान्य झुपडी फूलमालाले सजाइएको थियो । घरको आ“गन र वरपर सफासुग्घर गरिएको थियो । चिटिक्क सजाइएको सो झोपडीमा बुधबार बिहान युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईली आइपुगे । मन्त्रीलाई स्वागत गर्न उभिएकी एक बृद्धालाई नमस्कार गर्दै मन्त्री श्रीपाइलीले भावुक हु“दै भने– ‘तपाई मेरी आमा हो, मेरी जन्म दिने आमा रुकुममा छिन्, तपाई जीवन दिने आमा हो ।’

    उनी ७९ वर्षीया छेदनीदेवी चौधरी थिइन् । उनले १३ वर्ष अघि माओवादी नेता श्रीपाइलीलाई जोगाएकी थिइन् । माओवादी युद्धको समयमा २०६० सालमा श्रीपाइलीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका श्रीपाइली बनवर्षा जंगल नजिक प्रहरीको घेरा तोडेर भाग्न सफल भएका थिए । भाग्दै गरेका घाइते श्रीपाइली आफ्नो घरमा परालमा लडेको अवस्थामा भेटेपछि छेदनीदेवीले घरमा लुकाएर उपचार गरेकी थिइन् । ‘आज म जे अवस्थामा छु, त्यो मेरी आमा छेदनीदेविको जीवनदानका कारण सम्भव भएको हो’ मन्त्री श्रीपाइलीलाई उधृत गर्दै उनका स्वकीय सचिव रविन्द्र साउदले भने ।

    प्रहरी सुरक्षाकर्मी, कार्यकर्तासहित त्यहा“ पुगेका मन्त्री श्रीपाईलीले छेदनीदेवी र उनको परिवारका अरु सदस्यलाई भेटेका थिए । उनले दशैंको लागि भन्दै उपहार दिएको नया“ कपडा समात्दै छेदनीदेवीले भनिन्– ‘मलाई भेटन आउ“दै गर्नु हैं । अब आउ“दा बुहारी, नातीनातिनालाई पनि संगै ल्याएर आउनु । मलाई उनीहरूलाई हेर्ने मन छ ।’ जवाफमा मन्त्री श्रीपाइलीले आफू छिट्टै परिवारसहित भेट्न आउने आश्वासन दिए ।

    कैलालीको लम्कीमा एक कार्यक्रममा सहभागी बन्न मंगलबार नै आएका खेलकुदमन्त्री श्रीपाईलीले कार्यक्रममै ‘छेदनीदेवीलाई भेट्न इच्छा’ व्यक्त गरेका थिए ।

    ‘म रुकुममा जन्मे, तर मेरो राजनीतिक कर्मथलो कैलाली हो’ मन्त्री श्रीपाईलीले आफूले सुरक्षाकर्मीसंग लड्दादेखि अहिले मन्त्री बन्दासम्म कैलालीबाट प्रेरणा र सफलता पाएको बताए । छेदनीदेवीलाई भेटघाट गर्ने क्रममा उनले युद्धकालमा सुरक्षाकर्मीसंग लडेको, घाइते भएको, आफू जीउ“दै हु“दा पनि मरेको समाचार आएको स्मरण गरे ।

    मन्त्री श्रीपाईलीले कैलालीको दुई दिनको बसाइका क्रममा युद्धकालमा आफू बसेको, लडेको, घाइते भएको लगायतका स्थानको पनि अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij