आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेटिङमा माफी, पहुँचमा मिनाहा

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • काठमाडौं । सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्‍यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने जंगबहादुर श्रेष्ठ पनि थिए । दसैं नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

    ‘केही घटनामा श्रेष्ठको संलग्नता खुलेपछि हामीले खोजिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

    ‘असल चालचलन’ मा मुक्त भएका श्रेष्ठ प्रहरीको सूचीअनुसार पटके चोर हुन् । संगठित समूह नै बनाएर काठमाडौंमा चोरीमा सक्रिय उनी कारागारमुक्त भएलगत्तै पुरानै धन्दामा फर्किएको सूचनाका आधारमा महाशाखाले खोजी सुरु गरेको हो ।

    दसैंका अवसरमा पनि सरकारले कैदीहरूको सजाय मिनाहा गर्दैछ । यसका लागि गृह मन्त्रालयले एक सयभन्दा बढी कैदीको सूची तयार गरिसकेको छ । कैद भुक्तान, उमेर, अपराधको अवस्था, आपराधिक पृष्ठभूमि, चालचलनलाई आधार बनाएर सरकारले राष्ट्रिय उत्सव र पर्वमा कैद माफी दिँदै आएको छ ।

    गृह मन्त्रालयको तथ्यांकअनुसार २०६७ देखि २०७३ सम्म लोकतन्त्र, गणतन्त्र, संविधान दिवस र दसैंमा गरी करिब ४ हजार जनाले माफी पाएका छन् । यो आँकडाअनुसार प्रत्येक वर्ष ५ सयको कैद सजाय माफी हुने गरेको छ ।

    गत वर्ष भूकम्पका कारण कारागार भवन जोखिममा परेकाले कैदीको संख्या घटाउन भन्दै जेठमा ५ सय ४१ कैदीको कैद मिनाहा भएको थियो । संविधान जारी भएको र दसैंका अवसरमा २०७२ असोज ३ मा ६ सय १० जनाको कैद माफ भएको थियो भने गणतन्त्र दिवसमा ८ सय ८७ जनाले माफी पाएका थिए ।
    यसरी छुट्नेमा उपत्यकामा चोरीमा कहलिएका विक्रम कार्की, राजेन्द्र सिलवाल, महादेव परियार, मनबहादुर गुरुङ, गणेशबहादुर राणा, राजकुमार कार्की, विकास स्याङतानलगायत १४ जना थिए । जो अहिले प्रहरीको खोजी सूचीमा छन् । गत वर्ष गणतन्त्र दिवसमा सुध्रिएको भन्दै कैद छुट पाएका बुटवलका निरु गुरुङ हतियार देखाएर डाँका गरेको अभियोगमा रूपन्देहीमा समूहसहित पक्राउ परेका थिए । आजको कान्तिपुर दैनिकले छापेका छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij