शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सेटिङमा माफी, पहुँचमा मिनाहा

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • काठमाडौं । सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्‍यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने जंगबहादुर श्रेष्ठ पनि थिए । दसैं नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

    ‘केही घटनामा श्रेष्ठको संलग्नता खुलेपछि हामीले खोजिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

    ‘असल चालचलन’ मा मुक्त भएका श्रेष्ठ प्रहरीको सूचीअनुसार पटके चोर हुन् । संगठित समूह नै बनाएर काठमाडौंमा चोरीमा सक्रिय उनी कारागारमुक्त भएलगत्तै पुरानै धन्दामा फर्किएको सूचनाका आधारमा महाशाखाले खोजी सुरु गरेको हो ।

    दसैंका अवसरमा पनि सरकारले कैदीहरूको सजाय मिनाहा गर्दैछ । यसका लागि गृह मन्त्रालयले एक सयभन्दा बढी कैदीको सूची तयार गरिसकेको छ । कैद भुक्तान, उमेर, अपराधको अवस्था, आपराधिक पृष्ठभूमि, चालचलनलाई आधार बनाएर सरकारले राष्ट्रिय उत्सव र पर्वमा कैद माफी दिँदै आएको छ ।

    गृह मन्त्रालयको तथ्यांकअनुसार २०६७ देखि २०७३ सम्म लोकतन्त्र, गणतन्त्र, संविधान दिवस र दसैंमा गरी करिब ४ हजार जनाले माफी पाएका छन् । यो आँकडाअनुसार प्रत्येक वर्ष ५ सयको कैद सजाय माफी हुने गरेको छ ।

    गत वर्ष भूकम्पका कारण कारागार भवन जोखिममा परेकाले कैदीको संख्या घटाउन भन्दै जेठमा ५ सय ४१ कैदीको कैद मिनाहा भएको थियो । संविधान जारी भएको र दसैंका अवसरमा २०७२ असोज ३ मा ६ सय १० जनाको कैद माफ भएको थियो भने गणतन्त्र दिवसमा ८ सय ८७ जनाले माफी पाएका थिए ।
    यसरी छुट्नेमा उपत्यकामा चोरीमा कहलिएका विक्रम कार्की, राजेन्द्र सिलवाल, महादेव परियार, मनबहादुर गुरुङ, गणेशबहादुर राणा, राजकुमार कार्की, विकास स्याङतानलगायत १४ जना थिए । जो अहिले प्रहरीको खोजी सूचीमा छन् । गत वर्ष गणतन्त्र दिवसमा सुध्रिएको भन्दै कैद छुट पाएका बुटवलका निरु गुरुङ हतियार देखाएर डाँका गरेको अभियोगमा रूपन्देहीमा समूहसहित पक्राउ परेका थिए । आजको कान्तिपुर दैनिकले छापेका छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij