शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अदालतमा सम्बन्ध विच्छेदः घरमा पुगेर खुकुरी प्रहार

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • भक्तपुर । महिला हिंसाविरुद्ध देशव्यापी अभियान चलिरहेका बेला भक्तपुरमा एक महिलामाथि पूर्वपतिले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

    अदालतबाटै सम्बन्ध विच्छेदको फैसला भइसकेकी श्रीमतीमाथि उनकै श्रीमानले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। भक्तपुर नपा ४ बस्ने ४२ वर्षीय नारायण आचार्यले सम्बन्ध बिच्छेद भएकी भक्तपुर नपा १० की सविका त्वानावासुमाथि खुकुरी प्रहार गरेका छन् ।

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माका अनुसार आचार्यले मंगलबार साँझ भक्तपुर नगरपालिका ४ कमलविनायकस्थित हार्डवेयर पसलमा बसिरहेकी त्वानाबासुलाई एक्कासी खुकुरी प्रहार गरेका हुन् ।

    पूर्वपतिको खुकुरी प्रहारबाट घाइते बनेकी त्वानावासुको टाउको, ढाड, पाखुरा, कुमलगायतमा गम्भीर चोट लागेका शर्माले जानकारी दिए । घाइते त्वानावासुको ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

    उनको अवस्था सामान्य रहेको जगाती वृत्तले जनाएको छ । खुकुरी प्रहार गर्ने आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ ।
    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अदालतबाट सम्बन्ध विच्छेदको फैसलापछि सम्पत्ति बाँडफाँट चित्त नबुझेपछि आचार्यले रिस साँध्न खुकुरी प्रहार गरेका थिए ।

    ‘अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला कार्यान्वयन गर्ने क्रममा भएको सम्पत्ति बाँडफाँटमा चित्त नबुझेपछि रिस साँध्न पूर्वपति आचार्यले त्वानावासुमाथि खुकुरी प्रहार गरेको देखिएको छ’, प्रनाउ शर्माले भने ।

    उनले पूर्वपति आचार्यलाई ज्यान मार्ने उद्योग मुद्दामा हदैसम्मको सजाय माग गरी अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

    त्वानावासुलाई पूर्वपतिले मरनासन्न हुने गरी खुकुरी प्रहार गरे पनि पूर्वपति आचार्यलाई प्रहरीले पक्राउ नगर्नुका साथै पीडित पक्षको जाहेरीसमेत लिन प्रहरीले आनाकानी गरेको भन्दै बुधबार बिहान पीडितको पक्षले महानगरीय प्रहरी वृत्त जगातीमा घेराउ दिएका थिए ।

    त्वानावासुले भक्तपुर नपा ४ कमलविनायकमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी छन् । पहिले श्रीमानसँगै हार्डवेयर सञ्चालन गर्दै आएकी त्वानावासुले सम्बन्ध विच्छेदपछि पनि हार्डवेयर पसल नै सञ्चालन गरेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij