आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रेमीले धोका दिएपछि अपाङ्ग महिला न्यायको खोजीमा

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् ।

    विवाह गर्छु भन्दै दश वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा ती पीडित महिलाले बताएकी हुन् ।

    दश वर्ष अघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि एक घरमा डेरालिएर बसेको र सोही क्याम्पस अध्ययन गर्ने देवनले पनि एउटै घरमा डेरा लिएका थिए । एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि आफूले त्यसको प्रतिकार स्वरुप प्रहरीमा निवेदन दिन खोज्दा उनले आफूलाई विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताइन् ।

    तर अहिले आएर देवनले आफूसंग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सञ्चारकर्मीको साहारा लिन बाध्य हुन परेको पीडितकोे भनाइ छ ।

    अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनको भनाई छ ।
    यस विषयमा उदयपुरका मानव अधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij