शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटनामा परी ४९ वर्षीया बिजुक्छेको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  •  भक्तपुर  । लोकन्थलीमा आज अपराह्न बा४ख ३०२० नंको टिपरले बा३४प ६३१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५ देकोचा बस्ने ४९ वर्षीया इन्दिरा बिजुक्छेको मृत्यु भएको छ ।

    छ लेन सडकमा तीव्र गतिमा आएको टिपरको ठक्करले मोटरसाइकलमा सवारकाे मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । मृतकका श्रीमान् मोटरसाइकल चालक ५५ वर्षीय राजमान भने घाइते भएकाले नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ठक्कर दिएलगत्तै फरार टिपर चालक मन्थली–९ रामेछापका शिव भुजेललाई प्रहरीले कोटेश्वरबाट नियन्त्रणमा लिएको छ । दुर्घटनालगत्तै आक्रोशित भिडले टिपर तोडफोड गरी आगजनी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा केहीबेर प्रहरी र भीडबीच सामान्य झडप भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij