शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

किसानले विषादी प्रयोग गर्न छाडे

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • अर्घाखाँची  ।  दुई वर्षअघिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाँडाका मधु बन्जाडेले अहिले त्यसको प्रयोग गर्न छाडेका छन् ।

    रासायनिक मल र विषादीको प्रयोग गरी उत्पादन गरिएका तरकारी खाँदा मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा पाएपछि विषादीको प्रयोग गर्न छाडेको उनले बताए ।
    अहिले बन्जाडेले गोबर मल, कम्पोस्ट मल र विषादीको सट्टा गाईभैँसीको गहुँतमा पानी राखेर बिरुवामा छरेर खेती गर्दै आएका छन् ।
    गोठमा भकारो सुधार गरी भैँसीको गहुँत सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरी पानी मिसाई बिरुवामा राख्ने गरेको बन्जाडेले बताए । उनले अहिले काउली, साग, बन्दागोभी, सिमी, बोडी, गोलभेँडालगायत तरकारी उत्पादन गरिरहेका छन् । “तरकारी असाध्यै फष्टाएको छ,” उनले भने ।

    यस्तै दुई वर्ष पहिले डोडखोलाका सूर्य आचार्यलाई पनि गाईको गहुँत प्रयोग गर्दा उत्पादनमा वृद्धि हुन्छ भन्ने थाहा थिएन । तर अहिले उनले दैनिक गहुँत सङ्कलन गरी खेतमा हाल्ने गरेका छन् । गहुँत सङ्कलन गर्न ट्याङ्की राखिएको छ । “गहुँत एक थोपा पनि खेर जान दिएका छैनौँ,” उनले भने ।

    उनले दिनहुँ तीन लिटर पानीमा एक लिटर गहुँत मिसाएर बारीमा हाल्ने गर्छन् । “गहुँतको प्रयोगले दोब्बर उत्पादन भएको छ,” आचार्यले भने । किमडाँडा र धरम्पानीका ६० घर परिवारले आजभोलि गोबर मल, कम्पोस्ट मल, कुखुराको मल र गाईभैँसीको गहुँत प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् ।

    जिल्ला कृषि विकास र जिल्ला पशुसेवा कार्यालयले कृषकलाई गोबर मल, कम्पोस्ट मल र गहुँत प्रयोग गरी तरकारी खेती गर्न सिकाएको हो ।
    जिल्ला कृषि विकास कार्यालयका प्रमुख योगप्रसाद खरेल रासायनिक मल र गोबर मलभन्दा गहुँतको बढी महत्व रहेको बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij