प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३
काठमाडौं । सहरी विकास मन्त्री अर्जुनरसिंह केसीले दशैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले दशैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भैसकेको बताएका हुन् । उनले अघि थपे,‘अब संशोधन प्रक्रिया अघि बढाउने कुरामा कुनै ढिलाई हुँदैन, यसको लागि प्रमुख दलहरुवीच अन्तिम छलफल भैरहेको छ ।’
मन्त्री केसीले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । उनले भने,‘संविधानलाई सर्वस्विकार्यता बनाउनको लागि हामी सबै दलहरुको उतिकै महत्वपूर्ण जिम्मेवारी छ, यसको लागि खासगरी काँग्रेस, एमाले र माओवादी मिल्न जरुरी छ ।’
उनले संविधानलाई लिएर असन्तुष्टि पोख्ने दलहरुको समेत आवाजलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले द्रुत गतिमा काम गरिरहेको विश्वास दिलाए ।
उनले थपे,‘असहमतिका स्वरहरुलाई पनि सम्बोधन गर्नुपर्छ, यही भावनाका साथ अहिले हामी काम गरिरहेका छौं ।’
संविधान कार्यान्वयनको लागि निर्धारित मितिमै तीन वटै निकायको चुनाव गराउनु अहिलेको अनिवार्य आवश्यकत्ता रहेको उल्लेख गर्दै केसीले त्यसको लागि पनि सरकारले काम गरिरहेको जनाए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि सबै दलहरु मिल्नुको विकल्प नभएको उनको भनाई थियो । उनले अघि थपे,‘हामी सबै अहिल एउटै डुँगाममा छौं, डुबे सबै डुब्छौं, त्यसैले सबै पक्ष गम्भिर हुन जरुरी छ ।’
सरकारले ईलाकालाई नै आधार मानेर स्थानीय निकायको निर्वाचन गर्ने तयारी समेत गरेको मन्त्री केसीले जनाए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij