प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३
दाङ । घोराही चाडपर्वमा हुने सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई रोक्न दाङमा प्रहरीले जाँचमा कडाई र सचेतना कार्यक्रमलाई जारी राखेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा सवारी जाँचका साथै सचेतना कार्डहरु बितरण गर्दै यात्रालाई सुरक्षित बनाउन आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले टिकट बुकिङ काउन्टर देखी लिएर चोक चोकमा सिट क्षमता अनुसार टिकट दिए नदिएको बारेमा जाँच गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । चाडपर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको संख्या धेरै हुने र क्षमता भन्दा धेरै यात्रुहरु बोक्दा हुन सक्ने सम्भाबित दुर्घटनालाई रोक्न प्रहरीले जाँच र सचेतनालाई सँगै अघि बढाएको उनले बताए ।
प्रहरीले सिट क्षमता अनुसार मात्रै यात्रु तथा समान र आबस्यक कागज पत्र बोक्नु पर्ने, मादक पदार्थ सेवन गर्न नहुने, गाडि चलाउदा फोनमा कुराकानी गर्न नहुने, सिट बेल्ट बाध्नु पर्ने, सिमित गतिमा गाडि चलाउनु पर्ने लगाएतका ट्राफिक नियमलाई पालना गर्न चालकहरुलाई आग्रह गर्दै आएको छ ।
सवारी दुर्घटना अधिकांश लापर्बाहीले हुने गरेको भन्दै सिंहले सबैले ट्राफिक नियमको पालना गरे यात्रा सुरक्षित हुने बताएका छन् । साथै ट्राफिक नियमको पालना गरि सभ्य नागरिकको परिचय दिदै सवारी दुर्घटना रोक्नमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
यसैविच जिल्ला बिकास समिति दाङको सहयोगमा अपाङगता भएका व्यक्ति जिवि चिन्तनले रचना गर्नुभएको कबिता मार्फत समेत नियमको पालना गर्ने बिषयमा ट्राफिक प्रहरीले चलाक अनुरोध कबिताहरु समेत बितरण गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij