आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • रत्ननगर (चितवन) । पूर्वी चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

    बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन राप्ती नगरपालिका–९ वीरेन्द्रनगरका १९ वर्षीय सुनिल गुरुङ र मोटरसाइकल पछाडि बस्ने सोही ठाउँका १७ वर्षीय सुजित गुरुङ रहेको प्रहरीले जनाएको छ । चालक सुनिलको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो भने पछाडि बस्ने सुजितको भने उपचारका क्रममा बिहीबार राति ज्यान गएको जनाइएको छ ।

    दुवैजनाको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्रक चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij