प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३
काठमाडौं । नेपाली सेनाले वडा दशैको अवसरमा सर्वसाधरणको सुविधाका लागि राजधानीमा सवारी साधन संचालन गर्ने भएको छ ।
चाडवाडको समयमा सार्वजनिक यातायात संचालन कम हुदा सर्वसाधरणलाई यातायातको असुविधा हुने देखेर सेनाले यातायात सेवा उपलब्ध गराउन लागेको हो । सेनाले महानवमी, टीका र एकादशीको दिन राजधानीका विभिन्न ८ वटा रुटमा सवारी साधन संचालन गर्ने भएको हो । सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले दशैको बेला न्युन सवारी साधन चल्ने भएको सर्वसाधरणको सुविधाका लागि राजधानीका विभिन्न ८ वटा रुटमा आठवटा सवारी साधन संचालनमा ल्याउने तयारी भईरहेको नेपाली सेनाका प्रवक्ता तारा बहादुर काकीले जानकारी दिए ।
सेनाले नवमीको दिनमा निर्धारित भएका सबै ८ वटै रुटमा बिहान ११ र ४ बजे तथा एकादशीको दिन बिहान ६, ११ र ४ बजे सवारी साधन संचालनको समय निर्धारण पनि गरेको छ । सेनाद्धारा संचालित रुट नम्बर १ मा माईतिघर, बानेश्वर , कोटेश्वर, एकान्तकुना, बल्खु किर्तिपुर त्रिपुरेश्वर हुदै रत्नपार्क , रुट नम्बर २ मा भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ हुदै माईतिघर, रुट नम्बर ३ मा माईतिघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, छाउनी अस्पताल ताहाचल, टेकु हुदै थापाथली र रुटनम्बर ४ मा माईतिघर, बानेश्वर , तिनकुने, गौशाला, चावहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट हुदै भद्रकाली तय गरिएको छ । त्यसैगरी पाच नम्बर रुटमा थापाथली, कुपण्डोल, जावलाखेल , कोटेश्वर, बानेश्वर हुदै शहीदगेट, छ नम्बर रुटमा थापाथली, जावलाखेल, बल्खु, कलंकी त्रिपुरेश्वर हुदै भद्रकारी, सातौ रुटमा माईतीघर, सुर्यविनायक, ठिमी हुदै माईतीघर र आठौ रुटमा सहिदगेट, त्रिपुरेश्वर, स्वयम्भु, गोगबु, सामाखुसी हुदै रत्नपार्क छन् ।
नेपाली सेनाले आफ्नै सकल दर्जाका लागि पनि लामो दुरीका सवारी साधन संचालन गरेको छ । राजधानीबाट बाहिर जाने र राजधानी आउनेका लागि गत १८ गते देखि लामो दुरीका लागि सवारी साधन संचालन गरेको हो । काठमाण्डौबाट पुर्वमा इटहरी देखि पश्चिममा धनगढी सम्मका विभिन्न ११ वटा स्थानका लागि लामो दुरीको सवारी साधन संचालनमा ल्याएको हो । सोही सेवा बाट दुई हजार बढी राजधानी बाहिर गएको र बाहिरबाट झण्डै ६ सयको संख्यामा राजधानी भित्रिएको जानकारी सैनिक निर्देशनालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij