शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँका लागि घर जाने यात्रुको लागि दुई हजार गाडी थप

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ ।

    महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर सो सङ्ख्यामा गाडी थप गरेको हो ।

    दसैँका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासङ्घले जनाएको छ । महासङ्घका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामा भन्दा अहिले गाडी चढ्ने यात्रुको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैँका लागि सबै गाडीले ओहोरदोहोर ३५÷३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताए।

    महासङ्घले टिकटको समस्या नरहेको जनाए पनि बल्खु, कलङ्की, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रुको चहलपहल छ । उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij