आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • गोरखा  । गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

    आज बिहान ११ बजे गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् । बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए ।

    गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु–याएपछि आज साँझ हनुमानढोका दरबारमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि गोरखाको फूलपाती हनुमानढोका दरबार पु–याउने र भित्र्याउने चलन सुरु गरिएको इतिहास छ ।

    दरबारका सुसारे अमृत कुँवर नेतृत्वको टोलीले फूलपाती हनुमानढोका लिएर गएको हो । गोरखा दरबारको दसैँघरबाट सतिपिपलसम्म सुसारेहरुले फूलपातीको डोली बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको सहयोगमा फूलपाती हनुमानढोका पठाएको हो ।

    दरबारस्थित दसैँघरबाट मालश्री धुनसहित सतिपिपलसम्म ¥याली गरिएको थियो भने त्यसपछि सदरमुकामको खोलखोलेसम्म एक सयभन्दा बढी मोटरसाइकलसहित युवाको ¥यालीले फूलपाती बोकेको गाडीको स्कर्टिङ गरेको सतिपिपलको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिए । विगतका वर्षहरुमा भन्दा यसवर्ष भव्यताका साथ फूलपाती काठमाडौँ पठाइएको दरबार हेरचाह अड्डाले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij