प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३
जलेश्वर । पोखरीमा नुहाउन गएकी ५५ वर्षिय महिलाको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ ।
महोत्तरी जिल्लाको गैढाभेटपुर गाविस वडा नं. ७ स्थित रामजानकी मन्दिरको प्रागंनमा रहेको सार्वजनिक पोखरीमा सोहि गाविस वडा नं. ६ का राम अशिष पण्डित कुम्हार कि श्रीमति गुरकी देवीको नुहाउन गएको वेला डुबेर मृत्यु भएको हो ।
घटनाको जानकारी हुनासाथ प्रहरी पुगे पनि उनलाई पानीबाट निकाल्दा मृत्यु भइसकेको थियो ।
शवको पोष्टमार्टम पछि दाहसंस्कारको लागि परिवारलाई बुझाईएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको समेत जानकारी दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij