प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३
इटहर। कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी स्थित पानीपियाँ जंगलमा स्कुटर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
धरानबाट इटहरी आउदै गरेको को १६ प ७७६८ नम्बरको स्कुटर सडक छेउको डिभाइडरमा ठोक्किँदा इटहरी ५ बस्ने २२ मदन गुरुङ र ३२ बर्षिय कुमार गुरुङको मृत्यु भएको हो ।
उनीहरुको शव बिहान सडक छेउमा स्थानियले देखेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार उनीहरु गत राती दुर्घटनामा परेको बताए ।
धरानबाट ८ जनाको समुहमा रहेका उनीहरु अन्तिममा थिए । उनीहरुले मादक पदार्थ सेवन गरेको र अनियन्त्रीत भएर डिभाइडरमा ठोक्किदा मृत्यु भएको सुवेदीले जानकारी दिए ।
घटनास्थलमा उनीहरु सबार भएको स्कुटर समेत बरामद गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij