आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दसैँमा पूर्वाञ्चलको सुरक्षा कडा

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • मोरङ । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

    चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि १० हजार प्रहरी परिचालन गरिएको उनले बताए ।

    प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ ।

    विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij