शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँमा पूर्वाञ्चलको सुरक्षा कडा

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • मोरङ । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

    चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि १० हजार प्रहरी परिचालन गरिएको उनले बताए ।

    प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ ।

    विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij