शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खोलाले बगाउँदा श्रीमातिको मृत्यु, श्रीमान्को भने उद्दार

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • उदयपुर  । खोलाले बगाएर उदयपुरको कटारी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

    स्थानीय बेलसोत खोला तर्ने क्रममा बगाएर कटारी नगरपालिका वडा न. ३ की मैया मगरको मृत्यु भएको हो । आइतबार साँझ श्रीमान गायान बहादुर मगरसँगै खोला तर्दा बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरिन्जीवी कोईरालाले जानकारी दिए ।

    साँझ खोलाले दुई जनालाई बगाएको भन्ने प्रहरीलाई सूचना प्राप्त हुनासाथ घटना स्थलमा प्रहरी परिचालन गरिएकोमा स्थानीयको सहयोगमा श्रीमानलाई उद्दार गर्न सफल भएको डिएसपी कोईरालाले बताए । मृतक महिलाको सव पोष्टमाष्टमको लागि कटारी अस्पताल लगिएको छ ।

    त्यसैगरी ज्यान मार्ने उद्योगमा सजाय पाएका एक फरार अभियुक्त प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरिसे गाविस वडा नं. ६ बस्ने युवराज मगर रहेका हुन । फरार मगरलाई दशैमा घर आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मगरलाई जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij