शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महिषासुर दैत्यको प्रतीक खःमेय जात्रा मनाउनुको रहस्य यस्तो छ

  • प्रकाशित मिति : मङ्लबार, अशोज २५, २०७३



  • भक्तपुर । महानवमीको दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा सोमबार राति सम्पन्न भएको छ ।

    धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई राति महिषासुरको प्रतीकको रुपमा बध गरी मनाउने परम्परा रहेको छ ।

    महानवमीको दिन राति त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासको आधारमा परापूर्वकालदेखि खःमेय् जात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ रहेको छ ।

    नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् अर्थात् राँगोलाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीर भरी अबीर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रह्मायणी मन्दिरमा पु¥याई देवीलाई चढाएर जात्रा मनाएका छन् ।

    परम्पराअनुसार साँझ स्थानीयले नवदुर्गा देवगृहबाट निकालिएको खःमेय्लाई जाँडरक्सी खुवाएर मत्ताई तान्दै र लेखेट्दै ब्रह्मायणी मन्दिर पु¥याइएको थियो । खःमेय् लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेय्सँगसँगै दौडने परम्परा रहेको छ ।

    तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राँगोको बध गरिएको हो । बध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो ।

    नेवार समुदायमा यो मासुको टुक्रा प्रसादकारूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij