आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेसी समूदायले पनि लगाउन थाले टिका–जमारा

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • बर्दिबास । पहाडी समूहदायले लगाउँदै आएको दसैँको टिका र जमरा मधेशी समुदायले पनि पछिल्लो समय लगाउन थालेको छ । नेपालीहरुले मान्दै आएको दसैँ पर्व मधेशमा पनि साझा पर्व बन्दै गइरहेको छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका २ का रामचन्द्र महतो र उनकी श्रीमति गीता देवीले दसैँको टिका र जमरा लगाएका छन् । यसपालि आफ्नै घरमा माता दुर्गाको प्रसाद सहित छोराछोरी र इष्टमित्रलाई टिका र जमरा लगाइएिर मिष्ठान भोजन खुवाएका छन् ।

    समान्यतया मधेशमा पहाडे समुदायले दसैँको टिका र जमरा लगाएर नवराथा मन्ने प्रचलन छ । मधेशी समुदायले दसैँमा माता दुर्गाको पूजा गरेर मनाउने गरिन्छ । तर यसपालि रामचन्द्र र गीताले पूजा कोठामा गरेको घटस्थापना नौलो बनेको छ । उनले पहिला दुर्गा पूजा मात्र गर्थे तर यसपाली पूजा कोठामा उमारेको जमरा र टिका घरका सबैलाई परिवारका सदस्य र इष्ट मित्रलाई लगाइदिएर फरक ढंगले दसैँ मनाएका हुन् ।

    आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मधेसमा पनि मनाइँदैछ । विजयादशमी आफैँमा शुभ दिन मानिन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij