शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुल नबन्दा भौतिक पूर्वाधार निर्माणमा बाधा

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ ।

    सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो ।
    २०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्षमा पनि काम हुन सकेको छैन ।

    पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो ।

    डिजाइन एप्रुभड, मुआब्जालगायतका कारण २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख उद्धव रानाले बताउनुभयो । रानाका अनुसार ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ ।

    पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ ।

    दिक्तेलदेखि हलेसीसम्मको सडक (४२ किलोमिटर) एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकिएको छैन । यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्टक्स, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ ।

    मुख्य पुल र सडक नबन्दा जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउँस्तरीय गरी ५८६ किलोमिटर सडक पनि सञ्चालनमा समस्या भएको छ । जिल्लामा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक ५८७ वटा र गाउँस्तरीय २१३ वटा गरी ८०० किलोमिटर सडक बनाउने जिल्ला यातायात गुरुयोजना अनुसार सडकको ट्रयाक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij