प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३
ललितपुर । ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोटस्थित देव लिम्बुको डेराकोठामा अवैध जुवातास खेलाइरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठेचो बस्ने भोजपुरका २५ वर्षीय सन्तोष राई लगायत ११ जना रहेका छन् । उनीहरुबाट २ बुक तास, खालमा रहेको नगद ५ हजार र अन्य नगद १ लाख २१ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij