प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३
बर्षात ओली, दाङ । दाङको तुलसीपुर बाट सञ्चालित मालिका-कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ ।
काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले भोलि (बिहिवार)देखि काँकडभिट्टा र रोल्पामा पनि सेवा सञ्चालन गर्ने भएको छ ।
प्रालिको आज बसेको सञ्चालक समितिको बैठकले काँकडभिट्टा र रोल्पामा बस चलाउने निर्णय गरेको अध्यक्ष सुमन पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार काँकडभिट्टा तुलसीपुरबाट दिउँसो १२:५० र रोल्पा बिहान ५ बजे बस छुट्ने छ । यी दुवै स्थानमा चल्ने बस पनि डिलक्स बस भएको प्रालिले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij