शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुनसरीका मुस्लिमले मनाए मोहरम

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • इनरुवा । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सुनसरीका मुस्लिमले पनि मनाएका छन् ।

    तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा बुधबार सुनसरीमा मुस्लिमले मोहरम (दाहा) सम्पन्न गरेका हुन् । मुस्लिमले एकआपसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका छन् । इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

    मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै सम्पन्न गरेको जल्पापुरका अब्बास मियाँले जानकारी दिए ।

    इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मनाइने यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको स्थानीय अफरोज मियाँले जानकारी दिए ।

    यस पर्वमा चन्द्रमाको ९ तारिखको साँझ स्थापना गर्ने र १०औँ चाँदको दिन दिउँसो बाजागाजाका साथ स्थानीय करवलामा लगेर विसर्जन गर्ने चलन रहेको समाजसेवी मो हविव मन्सुरीले जानकारी दिए ।

    यसैबीच, मोहरमको अवसरमा बबिया जल्पापुर र इनरुवाका मुस्लिमले चौकचौकमा झरनी तथा लाठी खेल खेलेर मनोरञ्जन गराएका छन् । उनीहरुले झर्नी खेलेर मनोरञ्जन गराएबापत स्थानीवासीले केही दक्षिणा पनि दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij