शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • भक्तपुुर । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    आज विहान करिब १ः३० बजे बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

    भक्तपुरमा साथीको भान्जीको जन्मदिनको पार्टी मनाएर फर्कंदै गर्दा राति तीव्रगतिमा आएको मोटरसाइकल मनोहरा पुलको बारमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij