आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नदीमा बगिरहेका बालकको उद्धार गर्नेलाई सम्मान

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • वालिङ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ ।

    आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन् । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भने, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ ।”

    राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् ।

    आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्नुहुने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij