शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चीनले नेपाललाई सैन्य सहयोग गर्ने

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • काठमाडौँ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी सातौ  सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भयो ।

    रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको थियो ।

    सम्मेलनमा ५९ मुलुक र छ अन्तर्राष्ट्रिय सङ्गठनका झन्डै ४०० जना पदाधिकारी तथा विज्ञहरु सहभागी थिए । नेपालबाट मन्त्री खाँणसहित नेपाली सेनाका उपरथी देवेन्द्रबहादुर मेधासी र राष्ट्रपतिको सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

    सो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खाँणले विश्वसामु देखापरेको पछिल्लो सुरक्षा चुनौतीसँग मुकाबिला गर्न सहयोग र सहकार्यका आधारित एक सर्वमान्य मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

    क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा तयार पारिएका सुरक्षा नीति तथा मापदण्डहरुमा नेपाल सहकार्य गर्न सधैँ तत्पर रहेको उहाँले सम्मेलनमा बताउनुभयो । एसिया–प्रशान्त क्षेत्रको सुरक्षा र सहयोगका विषयमा सम्मेलन केन्द्रित थियो ।

    रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गर्नुभएको थियो । उहाँहरुका बीचमा झन्डै एक घन्टा छलफल भएको थियो । नेपालको संविधान, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण, सुरक्षा सहयोग, सुरक्षा सतर्कतालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

    चाइना एसोसिएसन फर मिलिटरी र चाइना इन्स्टिच्युट स्ट्राटेजिक स्टडिजको निमन्त्रणा उक्त सम्मेलनमा सहभागतिा जनाउनुभएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij