शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ ।

    उक्त सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गरिरहनुपरेका समस्या तथा चुनौतीहरु एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीति लगायत प्रहरी र नागरिक समुदाय बीचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलाप लगायतका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुनेछन् ।

    सम्मेलनमा नेपालबाट प्रहरी महानिरीक्षक अर्यालसहित सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको पनि सहभागिता हुँदैछ ।

    नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउद पनि महानिरीक्षक अर्यालसँगै सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

    महानिरीक्षक अर्यालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij