आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मझगाउँ विमानस्थल गौचरणमा परिणत

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • कञ्जचपुर । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको कञ्चनपुरको मझगाउँ विमानस्थल विगत २ दशकदेखि बन्द छ ।

    विमानस्थल सञ्चालनका लागि गरिएको बेवास्ताका कारण एकातिर करोडौं लगानीमा बनाइएका भौतिक संरचना दिन प्रतिदिन जीर्ण हुँदै गएका छन् भने अर्कातिर विमानस्थल संरक्षणका लागि लगाइएका तारबार समेत हराउँदै गएका छन् ।

    असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । झण्डै २ दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि पहल नहुँदा विमानस्थलमा दिनभरी गाई गोरुको बथान देखिन्छ भने बालबालिकालाई खेल मैदान बनेको छ ।

    विमानस्थल पुनः सञ्चालनका लागि पटक पटक पहल गर्दा पनि सञ्चालन हुन नसकेको स्थानीयको भनाई छ ।

    सुदूरपश्चिमका लागि पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको एशियाको दोस्रो लामो दोधारा झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, प्यारा ताल, टनकपुर पुल, बैजनाथ धामलगायत धार्मिक तथा पयर्टकीय क्षेत्र यो जिल्लामा पर्छन् । कञ्चनपुर जिल्ला भारतको राजधानी दिल्लीबाट ७ घण्टाको दूरीमा रहेकाले पनि मझगाउँ विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन सक्ने हो भने भारत हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकलाई समेत पोखरा, लुम्बिनी लगायतका अन्य पर्यटकीय स्थलहरुमा जान सजिलो हुने देखिन्छ । त्यसैगरी भारतसँगको व्यापारसमेत फस्टाउने छ ।

    झन्डै ५२ बिघा क्षेत्रफलमा रहेको विमानस्थलको संरक्षण गर्न भन्दै नेपाल वायु सेवा निगमले एकजना संरक्षक खटाएको छ । तर, संरक्षणका लागि खटाइएका संरक्षक विमानस्थलमा बस्दैनन् ।

    १८ वर्षअघि पूर्णरुपमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न भन्दै ४ वर्ष पहिले परीक्षणका लागि जहाज उडाइएको थियो । तर, परीक्षण उडान गरिएको ४ वर्ष बितिसक्दा समेत न त विमानस्थल नै सञ्चालन हुन सकेको छ न त पुनः सञ्चालन हुने निश्चित नै छ ।

    विमानस्थल पुनः सञ्चालनमा ल्याउन सक्ने हो भने ओझेलमा परेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नुका साथै कञ्चनपुरको व्यापार व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको भनाई छ ।

    तत्कालिन सरकारमा रहेका मन्त्रीहरुले समेत पर्यटन क्षेत्रको विकासका लागि हवाई यातायात महत्वपूर्ण रहेको भन्दै विमानस्थल पुनः सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आएका छन । तर, हालसम्म पनि विमानस्थल सञ्चालन हुन सकेको छैन ।

    देशकै पश्चिमी सीमानाकामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा सम्बन्धित निकायले चासो देखाएको छैन । कञ्चनपुरलाई पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न विमानस्थल सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij