शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भारत—पाक तनावले नेपालको सीमाक्षेत्रमा सुरक्षा कडा

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • वीरगन्ज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

    बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ । बाराको मुख्य सीमा नाका मटिहर्वा तथा टाँसिएकै भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताए ।

    दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए । भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।

    यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय निगरानी बढाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij