शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जिप दुर्घटनामा चौध जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • म्याग्दी । बेनी नगरपालीका १ रत्नेचौरमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा चौध जना घाइते भएका छन् । बागलुङबाट बेनी आउदै गरेको ग १ ज ३६०५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    घाईतेहरुलाई बागलुङ स्थित धौलागिरी अञ्चल र मुक्तिनाथ अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । स्थानीयबासी, यातायात ब्यवसायी र रत्नेचौर प्रहरी चौकी टोलीले उद्धार गरि उपचारका लागि अस्पताल पठाएका हुन् ।

    घाइते हुनेहरुमा चालक बागलुङको पैयुपाँटा ७ का २६ वर्षिय बिष्णु भट्ट, बानपा १० की ३६ वर्षिय लक्ष्मी आचार्य, १३ वर्षि शान्तवना शर्मा, ११ वर्षिय सन्देश शर्मा, ४० वर्षिय बलराम शर्मा र जैदी ७ का १८ वर्षिय सुरेश शर्मा रहेका छन् ।

    यस्तै म्याग्दीको बरंजा १ की ४५ वर्षिय कोपीला बिक, आर्यन बिक, ७० वर्षिय मनकुमार बिक, भकिम्ली ८ का २९ वर्षिय जालमाया छन्त्याल, ३१ व्र्षिय पृथबहादुर छन्त्याल, १७ वर्षिय अरुण आचार्य, २७ वर्षिय दिनेश जिसी, भकिम्ली ८ का २२ वर्षिय आशिक छन्त्यालको पनि बागलुङमा उपचार भैरहेको छ ।

    घाईतेहरुको अवस्था सामान्य र चालक जिल्ला प्रहरी कार्यालय बागलुङको नियन्त्रणमा रहेका छन् । सडक देखि करिब २० मिटल तल खसेको सो जिपले गुडीरहेको बा १५ च ३८६२ नम्बरको अर्को ट्याक्सीलाई पनि क्षति पु¥याएको छ । ट्याक्सीमा रहेका चार जना सुरक्षित रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij