आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसक्दा गर्भवतीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • ताप्लेजुङ  । खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा रहेको छ । गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए ।

    पेमालाई लिन आएको हेलिकप्टर हिजो दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण नहुँदा उनको समयमा उद्धार हुन नसकेको बताइएको छ ।

    पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो । तर खराब मौसमकै कारण त्यहाँबाट पनि बिहान उडान हुनसकेन ।

    यसरी समयमा उपचार नपाउँदा यस जिल्लाका दुर्गम क्षेत्रमा बर्सेनि गर्भवतीको ज्यान जाने क्रम रोकिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij