प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
काठमाडौं । दासढुंगा दुर्घटना भएको २३ बर्ष पछि माया ज्ञावलीले नयाँ घर पाएकी छन। उनी यसभन्दा अघि डेरामा बस्दै आएकी थिइन। २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। माया ज्ञावली आश्रितकी धर्मपत्नि हुन। विद्या भण्डारी भने अहिले राष्ट्रपति छन् ।
उनी लामो समय देखी राजधानीको चाबहिलमा डेरामा बस्दै आएकी थिईन। एमाले काठमाडौ जिल्ला कमिटीले बिभिन्न क्षेत्रबाट सहयोग जुटाएर यो घर निर्माण गरीदिएको हो। शुक्रबार उनलाई एक कार्यक्रमको आयोजना गरी पूर्बप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सो घर हस्तान्तरण गरेका छन्।
सो घर प्राप्त गरेपछि मायाले सहयोग गर्ने पार्टी र दाताहरुलाई धन्यवाद ज्ञापन गरिन। कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यो एउटा असाधरण काम भएको बताए। उनले कुसल संगठन जिवराज आश्रित कामउने काममा नलागि देश र जनताको पक्षमा लागेको बताए। उनले मायालाई यसरी सहयोग गरेकोमा पार्टीका बिभिन्न कमिटीलाई समेत धन्यवाद दिए। अाजकाे अन्नपुर्ण पाेस्ट् राष्ट्रिय दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij