प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन शनिबार बिहान नयाँदिल्ली आएका छन् । गोवा जाने कार्यक्रममा उनी नयाँदिल्ली आएका हुन्।
शनिबारदेखि नै सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली आएका हुन् । प्रधानमन्त्रीसँग पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, कामु मुख्य सचिव टङ्कमणि शर्मालगायत छन् ।
प्रधानमन्त्री दिउँसो १२ बजे गोवा प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कनेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij