शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बुबाको मृत्युपछिको किरिया पाँच दिनमै अन्त्य गरे दाजुभाईले

  • प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३



  • ललितपुर । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् ।

    ललितपुर महालक्ष्मी नगरपालिका–६ विष्णुडोलका प्रह्लाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सक्नुभभएको हो । उनीहरुका पिताको पाँच दिनअघि निधन भएको थियो ।

    काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रह्लादले निवासमा पुगेका सञ्चारकर्मीसँग हिन्दू धर्मको रक्षा र आस्थानुसार नै संस्कारमा सुधारको अभियानलाई साथ दिइएको बताउनुभयो । हिन्दू धर्मले शरीर पञ्चतत्वले बनेको र हरेक विधिमा पाँच नै हुने विषय शास्त्रमा समेत उल्लेख भएको बुझेर संस्कार सुधार समाजको अभियान चालिएको उहाँको भनाइ छ ।

    संस्कार सुधार समाजका अध्यक्ष शङ्करप्रसाद पोखरेलले हिन्दू धर्मशास्त्रको सूक्ष्म अध्ययनपछि आफूहरुले पछिल्लो पाँच दिनको काजकिरिया शास्त्रसम्मत हो भन्ने निष्कर्ष निकालेको तर्क गर्नुभयो । काजकिरिया पाँच दिनमा गर्ने अभियान हिन्दू संस्कारको विरोधमा नभई संरक्षण र रक्षाको हेतुले गरिएको जिकिर उहाँले गर्नुुुभयो । “हिन्दू धर्मले कसैलाई बाध्य बनाउने गरेको छैन, सुरुमा केही असजिलो अवस्था भए पनि बिस्तारै संस्कार सुधार सामान्य बन्दै जाने छ” उहाँले भन्नुभयो ।
    धर्म संस्कारका ज्ञाता आचार्य खगेन्द्र रेग्मीले पाँच दिनको काजकिरियाको अभियानमा कसैले शङ्का गर्नुनपर्ने बताउनुभयो । पाँच दिनमा काजकिरिया सम्पन्न गराउनुभएका पं वसन्तप्रसाद आचार्यले सामाजिक परिस्थिति, चेतनाको विकास र नेपाली हिन्दूको भावनालाई समेत ध्यानमा राख्दा पाँच दिनको काजकिरिया उपयुक्त मान्नुपर्ने जिकिर गर्नुभयो । विष्णुडोल गाउँको अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij