आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बीस प्रहरी बिभागीय कारबाहीमा

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • रोल्पा । रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

    कारबाहीमा पर्नुको कारण अनुशासनहीन काम गरेको , मापसे सेवन र आफ्नो ड्युटी नगरेको बताइएको छ ।

    त्यसो त जिल्लाका दुईजना प्रहरी कर्मचारीले क्षेत्रीयस्तरको पुरस्कारसमेत प्राप्त गरेका छन् ।
    प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराव काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको र यसलाई आगामी वर्ष थप कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।

    यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन । जिल्लामा ६०६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेकामा हाल ३८२ जनामात्र कार्यरत रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij