आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मोटरसाइकल पल्टिँदा रसियाली नागरिक घाइते

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • दमौली । पृथ्वी राजमार्गको दमौली–डुमे्र सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस वडा नं ५ मा आज अपराह्न एउटा मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एक रसियाली नागरिक गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा रसियाली नागरिक एलेक्स एन्डर काएटा रहेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । काठमाडौँबाट पोखरा जाँदै गरेको बा ४९ प १३९ नंको मोटरसाइकल पल्टिँदा उनी घाइते भएका हुन् ।

    घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जानकारी उहाँले दिनुभयो ।

    एक महिने नेपाल भ्रमणमा आएका बेला उनी दुर्घटनामा परेका हुन् । तीव्रगतिमा गुडेका कारण सो मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij