प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
काठमाडौं । तिहारलाई लक्षित गरी लुकाई छिपाई काठमाडौँ ल्याउँदै गरेको पटाकासहित एक व्यक्ति पक्राउ परेका छन् ।
गौरबाट काठमाडौंतर्फ आइरहेको ना।५ ख ४९६२ नम्बरको बसमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ नागढुंगास्थित चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बसमा सवार काठमाडौं स्वयम्भु बस्ने भारत मोतीहारीका ४५ वर्षीय निलम चौधरी रहेका छन् ।
११ बण्डल कोब्रा पटाका सहित शनिबार प्रहरीले पक्राउ गरेको थियो । उक्त पटाका १ बण्डलमा ५० दर्जनको दरले राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij