प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
ओखलढुंगा । ओखलढुंगा जिल्लाबाट राजधानी काठमाण्डौ लगायतका स्थानमा सञ्चालित सवारीसाधनमा बिचौलीयाहरु बढेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले निगरानी बढाएको छ ।
दशै तथा तिहारको मौका छोपी यातयात ब्यवसायीहरुले मनपरी भाडा असुल उपर गरेको भन्दै प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले त्यस्ता सवारीसाधनलाई कारबाही गरीने बताए ।
यात्रुलाई दुःख दिने नियती राख्ने जो कोहिललाई पनि नछाडिने उनको भनाई छ । उनले न्यूनतम मानवीय व्यवहारमा समेत ख्याल नगरी अफ्ठ्यारो परिस्थिती सिर्जना गरी बढि भाडा असुलउपर गर्ने सवारीसाधनलाई हदैसम्मको कारबाहि गरिने प्रतिबद्धता जनाए । प्रजिअ अधिकारीले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई सहज यात्राका लागि सवैले सहयोग गर्न अपिल पनि गरेका छन् ।
यातयात ब्यवसायीको मनपरी प्रति जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको सक्रियता बढेपनि यातयात ब्यवसायीहरु भने सुनेको नसुने झै गरिरहेका छन् । जिल्लाबाट सञ्चालीत सवारी साधनहरुमा आफुहरुले सास्ती खेप्नु परिरहेको यात्रुहरुले गुनासो गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij