शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रहरीकै आँखा अगाडी २ लाख दाइजो

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • बर्दिबास  । गत साउन महिनमा महोत्तरीको भरतपुर ९ पडोरियाका १६ बर्षिया कृष्ण महतो साउन मेला भर्न जाने सोच बनाए । मेला भर्न प्रेम जोडिहरुको संगम स्थलको रुपमा चिनिने महोत्तरीकै प्रसिद्ध एवं ऐतिहासिक टुटेश्वरनाथ मेला गए ।

    मेलामा भरतपुर ६ डुबरबन्हाकी १६ बर्षिया सविता कुमारी महतोसंग कृष्णको आँखा जुध्यो ।

    भर्खर १६ बर्षको कलकलाउँदै जवानीको वैश उनीहरुले समाहल्न सकेनन् । अन्तत उनीहरुले आफ्नो जीवनमा आफैले भाइरस लगाई हाले । अर्थात उनीहरुले उमेर नपुग्दै प्रेमको उन्मातमा बहकिएर सबैले सम्झाउँद—समझाउँदै गत विहीबार बालविवाहको बन्धमा बाँधिए । घरपरिवारले दुवैको विवाह गराइदिए ।

    कृष्ण र सविताको बालविवाह यतिकैमा सीमित भएन । उनीहरुको विवाह दाइजो विना अघि बढ्न सकेन । कृष्णका वुवा सत्रुधन महतोले खुलेआम समाजका सामुन्ने सविताका वुवा रामजीवन महतोसँग २ लाख रुपैयाँ दाईजो स्वरुप मागे । दाइजो नदिए छोरोको विहे नहुने दवाब बढाएकोे स्थानीय बासिन्दाहरु बताउँछन् ।

    केटा पक्षले माग गरेको २ लाख रुपैंया दाइजो दिएपछि कृष्ण र सविताको बालविवाह भएको हो । आर्थिक रुपमा सविताको वुवा रामजीवन गरिव एवं विपन्न छन् । रामजीवनले आफ्नो इज्जत जोगाउन ऋण लिएर दाइजोको रकम व्यस्था गरेका हुन् । बाल विवाह गर्नु गराउनु, दाइजो लिनु दिनु दुवै अपराध हुदाँ हुदैं प्रहरीले आफ्नो उपस्थितमा प्रेमको नामा बालविवाह गराएका हुन् ।

    रामजीवनको ५ जना छोरी छन् । समाजमा आफ्नो पगडी(इज्जत जाने) खस्ने भएपछि रामजीवनले एकैदिनमै साँहुमहाजन कहाँबाट चर्को ब्याज दरमा ऋण ल्याएर दाइजो दिएपछि सविता र कृष्णको प्रहरी चौकी नजिकैको शिव मन्दिरमा मैथिली संस्कार अनुसार विवाह भयो ।

    विवाह हुनुभन्दा केही घण्टा पहिले प्रहरी चौकी कान्तिवजारमा केटाकेटीलाई स्थानियवासीको रोहवरमा सम्झाई बुझाई केटालाई केटाको बुबाको जिम्मा र केटीलाई केटीको बुबाको जिम्मेबारीमा सुम्पेको असई राउतले दावी गरेका छन् ।
    ‘बच्चेमे सादी, दुनुके बरवादी’,‘बाल विवाह, जिन्दगी तबाह’, ‘वालविवाह कानुनी अपराध हो ’, भन्ने जस्ता सचेतना मुलक नारा देशमा गुञ्जिदै गर्दा जिल्लाको कान्तिबजार प्रहरी चौकीका असई लक्ष्मी राउतकै आँखा अगाडी वालविवाह भयो । प्रहरीकै अगाडी प्रेमको नाममा बालविवाह हुदाँ पनि बर्दीमा रहेका प्रहरी टुलुटुलु हेरिरह्यो । प्रहरी राउतले बालविवाह घटना बारे आफू कहाँ उजुर नआएको बताए ।

    यता स्थानीयवासीले समाजमा वालविवाह अहिले पनि यथावत रहेकोले आउने मंसिरबाट समाजमा खुलेआमरुपमा बालविवाह हुने भएकोले सम्बन्धित सरोकारवाला निकायहरु त्यस्ता विवाह रोक्नका कदम चाल्नु पर्ने जोड दिएका छन् ।

    नेपालको नयाँ संविधान २०७२ को धारा ३९ को भाग ३ को बुँदा नं. ५ मा कुनै पनि उमेर नपुगेको वालवालिकाको विवाह गर्न र गराउन कानुन रुपमा निश्तेज गरिएको छ । यस्तो गरिएको पाईएका खण्डमा कानुन अनुसार कारवाही गरिने
    बाल विवाह उच्च रहेका मुलुकहरु मध्य नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रुपमा देखिएका छन् ।

    नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरीहरु त १९ वर्ष अगावै आमा बन्ने गरेका छन् ।

    त्यस्तै २०६८ सालको तथ्याङ्क अनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार चारसय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको तथ्याङ्ले देखाएको छ ।

    त्यस्तै विश्व जनसंख्या कोषका अनुसार नेपाल लगाएत विश्वका विकासोन्मुख देशहरुका ५० करोड किशोरी मध्ये २० करोड किशोरी १९ वर्ष नपुग्दै विवाह गरी आफ्ना प्रगति रोक्न बाध्य भएको देखाएको छ । जसका कारण १९ वर्ष नपुग्दै गर्भवती हुँदा वा बच्चा जन्माउँदा नेपाल लगायत विकासोन्मुख देशका किशोरीहरु उच्च जोखिम तथा विरामीपना व्यहोरिरहेको अध्ययनमा देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij