शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • झापा  । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । थेवे र भेटवाल मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

    जिप दुर्घटनामा चालकसहित ११ घाइते

    यता, तनहुँको वसन्तपुर गाविस–३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।

    घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइन्छ । डुमे्रबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

    गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ ।

    जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन । राति भएको उक्त दुर्घटनाका घाइतेलाई पुर्कोट इप्रका भानु डुर्मे र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रनाउ गुरुङको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो । जिप दुर्घटना हुनाका कारण खुल्न सकेको छैन । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij