प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
जाजरकोट । यहाँका तीन दुर्गम ठाउँमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको छ ।
जिल्लाको नायकवाडा,पैक र रग्दामा करोड वढी लगानीमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको भवन निर्माण गरिएका हुन् ।
सामुदायिक १ करोड ४८ लाख ९४ हजारमा सामुदायिक विकास कार्यक्रम सिडिपीको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
दुर्गममा भवनको अभावमा सेवा प्रवाह गर्न मुस्किल भएको वेला मोटो लगानीमा सुविधा सम्पन्न पक्की भवनमा निर्माण भएपछि दुर्गम तीन गाविसका स्थानीयहरु खुसी भएको सिडिपीका जिल्ला कोडिनेटर काशिराम कार्कीले जानकारी दिए ।
नायकवाडा गाविसमा स्वास्थ्य संस्थामा भवणको अभावमा स्वास्थ्य सेवा प्रवाहमा निकै समस्य भएकोमा भवण निर्माण पछि अहिले सहज भएको नायकवाडा ७ कि कृष्णकुमारी शाहीले वताए ।
त्यस्तै साँघुरो पानी चुहिने भवणमा सेवा प्रवाह गदै आएको रग्दा गाविसमा नयाँ भवण निर्माण संगै सेवा प्रवाह गर्न सजिलो भएको स्वास्थ्यकर्मीले वताएका छन् ।
भवनको अभावमा यहाँका स्थानीयहरु सुत्केरी गराउने देखी विरामी जाँच गर्ने सम्मा एकै कोठावाट हुँदै आएको थियो ।
नायकवाडा,पैक र रग्दा जिल्लाका सवै भन्दा दुर्गम ठाउँहरु हुँन् । नयाँ भवन निर्माण संगै प्रसुती सेवा, विरामी जाँचको लागी छुट्टै ,औषधी भण्डारण , तालिम कक्ष छुट्टा छुटटै हुँदा निकै सहज भएको छ ।
शौचालय नहुँदा स्वास्थ्य संस्थामा समस्य भएको थियो । अहिले पक्की शौचालय समेत निर्माण गरिएको छ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij