शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

त्रिशुलीमा बस खस्दा मृतकको सनाखत, एकजना बेपत्ता

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • lqz"nLdf a; v:bf @) sf] d[To' /f}tx6sf] uf}/af6 kf]v/ftkm{ hfFb} u/]sf] u!v #&)( gDa/sf] /flqa; z'qmaf/ laxfg gf/fo0fu9–d'lUng ;8sv08sf] rl08e~Hofª ufpF ljsf; ;ldltsf] sfnLvf]nf glhs}af6 lqz"nL gbLdf v:bf @) hgfsf] 36gf:yndf g} d[To' ePsf] 5 eg] !& hgf 3fOt]sf] p4f/ ePsf] 5 . tl:a/ M gf/fo0f clwsf/L,lrtjg, /f;;

    चितवन  । नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोलानजिक हिजो साँझ त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका बसका सहचालकको आज सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२० का ३६ वर्षीय जनक महत रहेका छन् । उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

    काठमाडौँबाट भैरहवा आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस नारायणगढ–मुग्लिन सडक खण्डको दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका थिए भने नौजना गम्भीर घाइते भएका थिए ।

    घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्स भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । बसमा चालक तथा सहयोगी समेत गरी जम्मा ११ जना यात्रु सवार रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij