आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सञ्चालन

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

    मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो ।

    बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए–नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ ।

    नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij