प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् ।
खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताए। केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन् ।
अलैँचीको किनबेच असोजदेखि सुरु भएको छ तर किसानले उचित मुल्य नपाउँदा वर्षभरि मिहेनत गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको भोजपुर बोया–५ का कृषक ध्यानबहादुर तामाङले बताए ।
भोजपुरको खावा, कोट, तिम्मा, दोभाने, बोया, किमालुङ, छिनामखु, खाटम्मालगायत ३० भन्दा बढी गाविसमा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ । घरमै बसी बसी राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि भोजपुरका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij