शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

हिन्दू विवाहिता महिलाले आज करवाचौथ पर्व मनाउँदै

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • महोत्तरी । हिन्दू विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज धुमधामका साथ करवाचौथ पर्व मनाइँदै छन् । आफ्ना पतिको सुख, समृद्धि, दीर्घायु एवम् अटल सौभाग्यको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाउने गरिन्छ ।

    आज साँझको समयमा चन्द्रमालाई अर्घ दिएपछि आफ्नो पतिको मुख हेरेर यो पर्व समापन गर्ने परम्परा छ । कात्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन मनाइने करवाचौथ पर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ ।

    दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको अर्घ दिएपछि भोजन गर्ने गरिन्छ । साँझको समयमा सोह्रशृङ्गारमा सजिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चन्द्रमाको पूजा गर्ने गर्दछन् ।

    माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान् प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । १२ वर्ष अथवा १६ वर्षसम्मको अवधि पूरा भएपछि यस पर्वलाई उद्यापन (उपसंहार)गर्ने चलन रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij