शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तमलोपाले भन्यो – एमालेले संविधान संशोधनमा अडान नछाड्नुस् भनेको छ

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • काठमाडौं  । तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधनका विषयमा तीन दल नै भ्रममा रहेको आरोप लगाएको छ ।

    राजधानीमा दुई दिनसम्म चलेको पार्टीको जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी, सांसद एवम् केन्द्रीय सदस्यहरुको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधनका विषयमा तीन दलहरुले एक अर्कालाई देखाएर उम्कन खोजेको बताए ।

    उनले एमालेसँग छलफल गर्दा आफ्नो एजेण्डा नछाड्न भन्दै उक्साउने गरेको र कांग्रेससँग छलफल गर्दा माओवादी केन्द्रलाई देखाउने तथा माओवादी केन्द्रसँग छलफल गर्दा संशोधनको तयारी भइसकेको तर कांग्रेसले अवरोध खडा गरेको भन्नेखालको भनाई राखेर अल्मल्याउने काम भइरहेको बताए ।

    पत्रकार सम्मेलनमा संविधान संशोधनमा सरकारले उदासिनता देखाएको आरोप लगाउँदै ‘सरकार आफैं संशोधनको मिति तोक्ने र आफैं पर मिति सार्न उद्धत’ रहेको त्रिपाठीले आरोप लगाए ।
    ‘सरकारले ३ बुँदे सहमतिको प्रमुख बुँदा संविधान संशोधनप्रति सरकारको देखाएको उदासिनता र ढिलासुस्तीप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’, पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिलेसम्म सरकारमा सामेल प्रमुख दलहरुद्वारा समेत औपचारिक निर्णय हुन नहुनुले सरकारको नियतमाथि नै शंका उत्पन्न भएको छ ।’

    विज्ञप्तीमार्फत स्थानीय तह पुर्नसंरचनामा स्थानीय तहको संख्या तराई मधेसमा कुल संख्याको ३० प्रतिशतमात्रै रहेको भन्दै भन्दै त्यो पार्टीलाई अमान्य भएको उल्लेख गरिएको छ ।
    पत्रकार सम्मेलनमा सद्भावना पार्टीसँग एकीकरणको विषयमा छलफल चलिरहेको समेत जानकारी दिइयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij