प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
काठमाडौं । व्यवस्थापिका संसदबाट महाअभियोग सिफारिश समितिको गठन भएको छ। आज बसेको व्यवस्थापिका संसदको बैठकबाट ११ सदस्यीय सिफरिस समितिको गठन गरिएको हो ।
समितिमा कांग्रेस र एमालेबाट ४–४ सांसद रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट २ जना सांसद रहेका छन् । राप्रपा नेपालले समितिमा आफूहरुलाई निषेध गर्न खोजेको भन्दै प्रमको सम्बोधन बिथोल्ने चेतावनी दिएपछि उसलाई पनि समितिमा समेटिएको छ । राप्रपा नेपालबाट दिलनाथ गिरीलाई समितिमा राखिएको छ ।
यस्तै कांग्रेसबाट दिपक कुइँकेल, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर र कुमारी लक्ष्मी राई समितिमा रहेका छन् भने एमालेबाट केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी रहेका छन् । यस्तै माओवादी केन्द्रबाट भने अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहेका छन् ।
व्यवस्थापिका संसद संचालन नियमावलिमा संबैधानिक अङ्गको प्रमुख वा सदस्यको कार्यक्षमताको अभाव, खराब आचरण, इमान्दारीपुर्वक आफ्नो पदिय कर्तव्यको पालना नगरेको , कार्यसम्पादन गर्न असक्षम रहेको पाईएमा त्यस विरुद्धको महाअभियोग प्रस्तावका लागि महाअभियोग सिफारिस समिति गठन गर्न सकिने व्यवस्था छ ।
समिति गठनसँगै संसद बैठक बिहिबारसम्मको लागि स्थगित रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij