प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
दाङ ।तुलसीपुर-५ वसपार्कको सव्जिमण्डि क्षेत्रमा वसोवास गर्दै आएका ५ वर्षीय स्वयब ईद्रेसीको छतवाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सञ्तोष रोकाले जानकारी दिए ।
बालक ईद्रसी मंगलवार बेलुका घर नजिकै छिमेकमा नयाँ निर्माणाधिन घरको छतवाट भर्याङ्मा खसेर गम्भिर घाईते भएका थिए । गम्भिर घाईते बालकलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि मंगलवार नै बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो ।
तर, उनको उपचारका क्रममा मंगलवार राति नै मृत्यु भएको ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक रोकाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij