शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडौं महानगरपालिकामा सोलार सडक वत्ती जडान गर्न सम्झौता

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • काठमाडौं  ।  काठमाडौं महानगरपालिकामा सोलार सडक वत्ती जडान गर्नका लागि महानगरपालिका र नीजि क्षेत्रको कम्पनी बिके ट्रेडर्स एण्ड सप्लायर्सबीच आज सम्झौता भएको छ ।
    सम्झौतापत्रमा महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङ र बिके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रञ्जनदास श्रीवास्तव (रोशन) ले हस्ताक्षर गरे ।

    सम्झौताअनुसार कम्पनीले एकवर्षभित्र महानगर क्षेत्रभित्र पर्ने कमलपोखरी, टेकु, थापाथली , बबरमहल, बानेश्वर, दरबारमार्ग, कलंकी कालिमाटीलगायतका क्षेत्रमा सोलार सडक वत्ती विस्तार गर्नेछ ।

    सम्झौतापत्रमा हस्ताक्षरपछि काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले सम्झौतामा महानगरको विकासमा एक इटा थपिएको भन्दै काम समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।

    यस्तै बिके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रञ्जनदास श्रीवास्तवले महानगरलाई झिलिमिली बनाउने आफ्नो सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij